Logo

१५ माघ, वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले बिलविजक भन्दा बढी सामान लोड गरेको एउटा ट्याक्टरलाई पक्राउ गरेर कार्वाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया पठाएको छ ।

बिल विजक भन्दा बढी विभिन्न किसिमका लत्ताकपडा तथा कस्मेटिक लगायतका मालबस्तुहरू बोकेको ट्याक्टर आइसिपी गेट हुँदै वीरगञ्जतर्फ आउँदै गरेको अवस्थामा विआर ०५ जिसी १६५३ नम्बरको भारतीय ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

ट्याक्टरमा रहेको मालसामान बिलविजक भन्दा बढी देखिएकोले उक्त सामानको मूल्य १८ लाख ४९ हजार ४४३ कायम गरि ट्याक्टर र सो ट्याक्टरमा लोड रहेको लत्ताकपडा तथा कस्मेटिकका सामानलाई थप अनुसन्धानको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरिक्षक कोमल शाहले बताए ।


सम्बन्धित समाचार