Logo

नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दल पर्साको अध्यक्षमा बिकास तिवारी मनोनयन

१५ माघ, वीरगञ्ज । नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दल पर्साको अध्यक्षमा बिकास तिवारी मनोनित भएका छन ।

लामो समय देखि रिक्त रहेको नेपाल तरुण दल पर्साले नयाँ अध्यक्ष पाएको छ। नेपाल तरुण दलको केन्द्रीय अध्यक्ष विद्वान गुरुङले पर्साको जिल्ला अध्यक्षमा विकास तिवारीलाई मनोनित गरेका हुन् ।

यस अघि तिवारी नेपाल विद्यार्थी संघको पर्साको सभापति भइसकेका छन । सभापति तिवारीले विद्यार्थीको हकहितको लागि र समाजको लागि विभिन्न चरण गरी ४ चोटी जेल नेल परिसकेका छन।

अधक्ष तिवरीले विद्यार्थीको हक हितको लागि जसरी काम गरियो त्यसरी नै अब पार्टी संगठन, समाज र तरुणको लागि काम गर्ने बताएका छन । उनले पाटीका अग्रज नेताले दिएको जिम्मेवारीलाई इमान्दारीताका साथ पुरा गर्ने बताए ।

अध्यक्ष तिवारीले आफूलाई यहाँ सम्म पुर्याउने ज्ञात अज्ञात सम्पूर्णलाई सम्झदै धन्यबाद तथा आभार प्रकट गरेका छन्।


सम्बन्धित समाचार