Logo

१५ माघ, वीरगञ्ज । मालपोत कार्यालयमा दलाली गरी सेवाग्राहीसँग अत्याधिक रकम असूलेको नाउँमा पर्सा प्रहरीले ८ जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरिक्षक निर्मल बुढाथोकीका अनुसार मालपोत कार्यालय पर्सामा आएका सेवाग्राहीहरूलाई काम छिटो छरितो गरिदिन्छु भनी वार्गेनिङ गर्ने, कार्यालय परिसर भित्र फाईल च्यापी भित्र वाहिर गर्ने, प्रचलित कानून विपरीत अत्याधिक सेवा शुल्क लिने व्यक्तीहरुका बारेमा उजुरी परेकोले उनीहरुलाई अनुसन्धानको लागि पक्राउ गरिएको हो ।

पक्राउ पर्नेहरुमा वीरगञ्ज महानगरपालिका वडा नं। २७ उदयपुरघुर्मी बस्ने वर्ष ३० का दिपक कुमार पटेल, वडा नं।२९ अठराहा बस्ने वर्ष २१ का सन्तोष कुमार राउत, पकाहामैनपुर गाउँपालिका वडा नं। १ धोरे बस्ने वर्ष २३ का धर्मेन्द्र कुमार सहनी, बहुदरमाई नगरपालिका वडा नं। ९ बस्ने वर्ष २८ का हरिओम गुप्तालाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार पकाहामैनपुर गाउँपालिका वडा नं।२ बस्ने वर्ष २५ का संजय चौहान, वीरगञ्ज महानगरपालिका वडा नं।१९ बस्ने वर्ष २२ का राज कुमार साह, वीरगञ्ज वडा नं। २५ बस्ने वर्ष २६ का सुशिल कुमार साह र वडा नं।२४ बस्ने वर्ष ४८ शुभनारायण महतो कोईरीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

सेवाग्राहीहरूलाई अनावश्यक हैरानी दिएको भन्ने बिषयमा पटक पटक जनगुनासो आएकोले आइतबार दिउँसो १ बजे यस जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले अनुगमन गर्दा काम लिएर आएका सेवाग्राहीलाई दुख दिने नियतले अनेकौ समस्य खडा गरिदिने र सेवा शुल्कको नाउँमा रकम असूल्ने गरेको फेला पारेकोले उनीहरुलाई पक्राउ गरेको प्रहरी नायव उपरिक्षक बुढाथोकीले बताए ।

प्रहरीले नियन्त्रणमा लिएका ८ जना विरुद्द सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता बिरुद्दको कसूरमा म्याद थप गरेर अनुसन्धान भैरहेको प्रहरी नायव उपरिक्षक बुढाथोकीले बताए ।


सम्बन्धित समाचार