Logo

१५ माघ, वीरगञ्ज । प्रहरी नियन्त्रणमा रहेको व्यक्ति छुटाइ लिने प्रलोभन दिदै रकम असुली गरेको आरोपमा पर्सा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्सामा नियन्त्रणमा लिएको व्यक्तिलाई छुटाइ दिने प्रलोभन देखाएर रकम असुल गरेको आरोपमा वीरगञ्ज महानगरपालिका वडा नंं ५ बस्ने बर्ष ५२ का धिरेन्द्र बहादुर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको प्रहरी नायव उपरिक्षक निर्मल बुढाथोकीले बताए ।

प्रहरी नायव उपरिक्षक बुढाथोकीका अनुसार अनुसन्धानमा राखेको मानिसलाई छुटाइ दिन्छु भनी एक जना व्यक्तिसँग रकम असुल गरेको सूचनाको आधारमा आइतबार दिउँसो २ बजे यातायात कार्यालय पर्साको अगाडीको सडक खण्डबाट जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले श्रेष्ठलाई नियन्त्रणमा लिएको हो ।

उनलाई सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता बिरुद्दको कसूरमा म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


सम्बन्धित समाचार