Logo

१५ माघ, बारा । बाराको पूर्व पश्चिम महेन्द्र राजमार्गको ५ किलोमा एउटा हरिण मृत अवस्थामा फेला परेको छ ।

जिल्ला वन कार्यालयको गस्ती टोलीले जीतपुरसिमरा उपमहानगरपालिकाको दुधौराभन्दा २ कि.मि अगाडिको सडकखण्डमा मृत हरिण बरामद गरेको सव डिभिजन वन कार्यालय बाराका प्रमुख बिनोद सिंहले बताए ।

शनिबार राति करिव साँढे ९ बजेको समयमा गस्ति गरिरहेको बेला सडकमा अन्दाजी ८ वर्षको भाले जातिको वयस्क हरिण मृत फेला परेको डिभिजन वन कार्यालय सिमरा बाराले जनाएको छ ।

डिजिन सहायक वन अधिकृत ललन राउत कुर्मीका अनुसार राजमार्गमा तीव्र गतिले गुडेको गाडीले सडक पार गर्दै गरेको अवस्थामा हरिणलाई ठक्कर दिएको र गाडीको ठक्करबाट मरेका हुन सक्ने बताए ।

ठक्कर दिने गाडी र चालकको खोजी भईरहेको जिल्ला वन कार्यालय बाराले जनाएको छ । मृत्त हरिणलाई आइतबार डिभिजन बन कार्यालयको प्राङगनमा खाडल खनि पुरिएको वन कार्यालयले जनाएको छ ।


सम्बन्धित समाचार