Logo

१६ माघ, बीबीसी । पाकिस्तानी सहर पेशावरमा भएको एक विस्फोटनमा परेर कम्तीमा ३४ जना मानिसहरू मारिएका छन्। घटनामा परेर १५० जनाभन्दा धेरै मानिसहरू घाइते भएको बताइएको छ।

स्थानीय समय अनुसार सोमवार दिउसो झण्डै १ः३० बजेतिर एक मस्जिदमा मानिसहरू भरिभराउ रहेका बेला भएको उक्त विस्फोटन भएको हो। सुरक्षा अधिकारीहरूले हमलाकारी अघिल्लो लहरमा बसेर आत्मघाती विस्फोट गराएको बताएका छन्।

उक्त भवनको एउटा भाग ध्वस्त भएको छ र अधिकारीहरूले मानिसहरू भग्नावशेषमा पुरिएको बताएका छन्। अन्य कैयौँलाई स्थानीय अस्पतालहरूमा लगिएको छ।

विस्फोटनको कारण कारण प्रस्ट भइसकेको छैन। तर एकजना अधिकारीले प्रहरीलाई लक्षित गरेर विस्फोटन गराइएको र मृत्यु हुने धेरैजना प्रहरीहरू रहेको बताएका छन्। कुनै समूहले हालसम्म घटनाको जिम्मेवारी लिएको छैन।

 


सम्बन्धित समाचार