Logo

१७ माघ, वीरगञ्ज । सर्वोच्च अदालतले नागरिकता खारेज गरेपछि गृहमन्त्री र संसद पद गुमाएका राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष अध्यक्ष रवि लामिछाने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न बालुवाटार पुगेका छन्।

अहिले प्रधानमन्त्री प्रचण्ड र रविबीच छलफल भइरहेको छ।सर्वोच्चले नागरिकता खारेज गरेपछि आइतबार रविले जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नयाँ नागरिकता लिइसकेका छन्।

रविले गृहमन्त्रालयमा आफ्नो दाबी दोहो¥याउँदै आएका छन्। तर प्रधानमन्त्री प्रचण्डले भने अब गृह मन्त्रालय आफैंसँग राख्ने अडान लिइरहेका छन्।

पुस १० मा प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले पुस ११ मा सपथ लिएकै दिन रविलाई उपप्रधान तथा गृहमन्त्रीको जिम्मेवारी दिएका थिए। तर सर्वोच्चले नागरिकता खारेज गरेपछि गृहमन्त्रालय गुमाएका रविलाई अहिले गृहमन्त्रालय दिन प्रचण्ड तयार छैनन्।

रास्वपाले भने आफूहरुले गृहमन्त्रालय नपाए सरकारबाट बाहिरिने चेतावनी दिँदै आएको छ। प्रधानमन्त्रीसँगको भेटमा पनि रविले गृहमन्त्रालयमा आफ्नो दाबी यथावत रहेको जानकारी गराएका छन्।


सम्बन्धित समाचार