Logo

१७ माघ,काठमाडौं। माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले देशको आर्थिक संकटबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र बुझाएको छ।

आज बिहान ९ बजे एकीकृत समाजवादीका अध्यक्ष नेपालको नेतृत्वमा रहने प्रतिनिधि मण्डलले मुलुकको पछिल्लो आर्थिक संकटबारे प्रधानमन्त्री प्रचण्डलाई ज्ञापनपत्र बुझाएको हो।

चरम आर्थिक संकट परेको, बैंकको ब्याजदरमा असमान बृद्धि हुदाँ सर्वसाधरणलाई समस्या परेको, निर्यातको दाँजोमा आयत बढी हुँदा देश आर्थिक अवस्था नाजुक हुँदै गएको भन्दै नेकपा एसले ज्ञापन पत्र बुझाएको हो।

नेकपा एसलेले आर्थिक संकटका कारण मजदुर किसान, साना तथा मध्यम व्यवसायी लगायत आम सर्वसाधारण मानिसलाई बाँच्न पनि धौधौ भएको भन्दै ध्यानाकर्षण गराएको छ।दैनिकजसो आत्महत्याको घटना हुनु पनि त्यसैको कारण भएको नेकपा एसको ठहर छ।

माधव नेपालको नेतृत्वमा झलनाथ खनाल, बेदुराम भुसाल र गंगालाल तुलाधर ज्ञापन पत्र बुझाउन बालुवाटार पुगेका थिए।

ज्ञापन पत्र

प्रधानमन्त्रीज्यूलाइ ज्ञापन पत्र - Copy


सम्बन्धित समाचार