Logo

तोडफोड भएको लक्ष्मनवा स्थित जेष्ठ नागरिक पार्कको शिलालेख

१८ माघ, वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नं. १५ स्थित लक्ष्मनवामा रहेको जेष्ठ नागरिक पार्कको शिलालेख गएराति तोडफोड गरिएको छ । वीरगञ्ज महानगरपालिकाको ६५ लाखको लागतमा निर्माण भएको पार्कको शिलालेख तोडिएको हो ।

वीरगन्जका पूर्व मेयर विजय कुमार सरावगीको कार्यकालमा २०७८ चैत १४ गते उक्त पार्कको उद्घाटन गरि जेष्ठ नागरिक संघलाई हस्तान्त्रण गरिएको थियो । बुधबार विहान उक्त शिलालेख फोडेर फालिएको अवस्थामा फेला परेको छ । जेष्ठ नागरिकहरुको लागि उपलब्ध गराइएको पार्कमा भएको तोडफोडको पूर्व मेयर विजय कुमार सरावगीले भत्र्सना गरेका छन ।

वीरगञ्जमा गुण्डाराज देखिन थालेको भन्दै पूर्व मेयर सरावगीले महानगरपालिकाको सम्पति तोडफोड गर्ने उपर कडा कार्वाहीको माग गरेका छन । एउटा सरकार प्रमुखले गरेको कामलाई कुनै व्यक्ति विशेषले तोडफोड गर्नु अपराध हो, आवश्यक परे यसको कानुनी उपचार खोज्नु पर्छ उनले भने ।

त्यो मैले व्यक्तिगत रुपमा लगाएको शिलालेख होइन् पूर्व मेयर सरावगीले भने, “वीरगञ्ज महानगरपालिकाले यसमा छानविन गरेर दोषीमाथि कार्वाही अगाडी बढाउनु पर्छ ।” यदी महानगरपालिकाले संस्थागत रुपमा कार्वाहीको लागि अगाडी नबढेमा आफू पूर्व मेयरको हैसियतले कानुनी प्रकृया अगाडी बढाउने सरावगीको भनाई छ ।

वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले जेष्ठ नागरिक पार्कलाई महात्मा गान्धी पार्क नामाकरण गर्न यस्तो हर्कत गरेको हुन सक्ने स्थानीय युवाहरुको भनाई छ । स्थानीय पिन्टु उपाध्यायले आफूले केही गर्न नसक्ने अरुले गरेको समेत देख्न नसक्ने प्रवृत्तिको पराकाष्ठा रुप जेष्ठ नागरिक पार्कमा देखिएको बताए ।

वीरगञ्ज महानगरपालिकाले संस्थागत निर्णय गरेर जेष्ठ नागरिक संघ पर्सालाई उक्त पार्क हस्तान्त्रण गरिएको थियो । संघका अध्यक्ष जगदीश शर्मा जेष्ठ लगायत जेष्ठ नागरिकहरुको उपस्थितीमा उक्त पार्क २०७८ चैत १४ गते हस्तान्त्रण गरिएको थियो ।

तत्कालीन मेयर विजय कुमार सरावगीले उद्घाटन गरेर जेष्ठ नागरिक संघ वीरगञ्जलाई हस्तान्त्रण गरेको लक्ष्मनवा स्थित जेष्ठ नागरिक पार्क

वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले पूर्व मेयरले गरेका राम्रो कामलाई भत्काउने र समाजमा द्वन्द निम्त्याने काम गर्न खोजेको आरोप स्थानीयवासीको छ । विदेशीले दिने २/४ करोडको लोभमा स्थानीय सरकारको नेतृत्व गरेको वीरगञ्ज महानगरपालिकाले विदेशीको झोला बोकेर हिडनुले राम्रो कुरा नभएको स्थानीय बुद्धिजिवीहरु बताउछन् ।


सम्बन्धित समाचार