Logo

१८ माघ,वीरगञ्ज । गाई र भैँसीको बोसो प्रयोग गरी घ्यू बनाएर बिक्री गर्दै आएका दूध डेरी पसलमा रौतहट प्रहरीले मंगलवार छापामारी गरेको छ ।

रौतहट जिल्लाको गौर नगरपालिका– ५ स्थित विगत ४ वर्ष देखि सञ्चालनमा रहेको फूलतारा डेरी उद्योगमा नेपाल प्रहरी र जिल्ला प्रसाशन कार्यालयको टोलीले छापामारी गरेको हो । खाद्य वस्तुमा अखाद्य पदार्थ मिसावट गरी दूध ,दही , घ्यू , मिठाई बिक्री वितरण गरिरहेको प्राप्त भएको सूचनाको आधारमा प्रहरीले उक्त डेरी उद्योगमा छापामारी गरी पसल सील गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

डेरी उद्योगमा छापामारी गर्ने क्रममा भारतबाट ल्याइ राखेका १० क्विन्टल बोसो तथा केमिकल बरामद भएको प्रहरी नायव उपरीक्षक सुनील मल्लले जानकारी दिएका छन् । रौतहट जिल्लाको राजपुर नगरपालिका– १ पिपरा भगवानपुरका शेख अली महम्मदको छोरा ३० वर्षीय मोहम्मद मतीउल्लाहले सञ्चालन गर्दै आएको डेरीमा भैंसीको बोसोबाट केमिकल प्रयोग गरी घ्यू , मिठाई , केकलगायतका खाद्य सामग्री तयार गरी बिक्री गर्दै आएकोमा प्रहरीले खाने सामग्री तयार पार्दै गरेको अवस्थामा छापामारी गरेको जनाइएको छ ।

उद्योग सञ्चालक मो. मतीउल्लाहसहित २ जना काम गर्ने कामदार र एक जना महिलालाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धानको कार्य अघि बढ़ाइएको प्रहरी उपरीक्षक वीर बहादुर बूढामगरले बताए ।

रौतहट जिल्लामा रहेका विभिन्न बाजारहरुमा नियमित रुपमा अनुगमन गर्ने कार्य नहुँदा यस्तो विकृत्ति बढेको हो । बरामद भएको अखाद्य वस्तुलाई परीक्षण गरी कÞानूनी कारबाही गरिने प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रले बताए ।


सम्बन्धित समाचार