Logo

२० माघ, जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले नेकपा माओवादी केन्द्रलाई बाहिर राखेर मन्त्रिपरिषद् विस्तार गरेका छन् । उनले ६ मन्त्री र तीन राज्यमन्त्री नियुक्त गरेका हुन् ।

मुख्यमन्त्रीले माओवादीलाई सम्मानजनक मन्त्रालय र मन्त्री दिन नमाने पछि सरकारमा सहभागी नभएको माआवादी केन्द्रका संसदीय दलका नेता भरत साहले जनाए । उनले सरकारमा सहभागी गराउने सन्दर्भमा केन्द्रको सहमति अनुसार मुख्यमन्त्री जान नचाहेकोले माओवादी केन्द्र सरकारमा सहभागी नभएको साहले बताए ।

मुख्यमन्त्रीले माओवादी केन्द्र सरकारमा सहभागी नहुने भएपछि माओवादी केन्द्र बाहेकका दललाई समेटेर मन्त्रीपरिषद विस्तार गरका हुन । माओवादीले २ वटा मन्त्रालय मागेको थियो । मुख्यमन्त्री सरोज यादवले माओवादीका भरतप्रसाद साहलाई उद्योग, पर्यटन तथा वनमन्त्री बन्न प्रस्ताव गरेका थिए ।

आज विस्तार भएको मन्त्री परिषदमा महेशप्रसाद यादव शिक्षा, विज्ञान तथा बाणिज्य, सुनिताकुमारी साह सामाजिक विकास तथा सत्रुधनप्रसाद सिंह गृह तथा सञ्चारमन्त्री नियुक्त भएका छन् ।

सिंहासन कलावार खानेपानी तथा उर्जा विकास, राजकुमार लेखी कानून न्याय तथा प्रदेश मामिला र मोहम्मद जयद खा आलम महिला तथा बालबालिका, युवा तथा खेलकुदमन्त्री बनेका छन् ।

शेख अब्दुल कलाम आजाद सामाजिक विकास राज्यमन्त्री, केशव राय गृह तथा सञ्चारराज्यमन्त्री र सञ्जयकुमार यादव भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री बनेका छन् ।


सम्बन्धित समाचार