Logo

२० माघ, वीरगञ्ज । वीरगञ्जमा रहेको युवा स्पोट्र्स क्लबको जग्गा व्यक्तिको नाममा पास गरेको अभियोगमा भूमिसुधार तथा मालपोत कार्यालय, पर्साका प्रमुखसहित ६ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय प्रमुख कामोद तिवारी, तत्कालीन नायब सुब्बा शम्भु साह रौनियार, तत्कालीन खरिदार शिवप्रसाद साह तेली, रिन्ता कुमारी र वीरगञ्ज ३१ का खेख सफी अहदमविरुद्ध मुद्दा दायर गरेको हो ।

उनीहरुले स्पोट्र्स क्लबको नाममा रहेको साविकको बेल्वा गाउँ विकास समिति वडा नं. ८ मा रहेको १ रोपनी ५ आना जग्गा शेष सफी अहमदको नाममा गराएका थिए । यसका लागि फिल्ड प्रतिवेदन, निर्णयको टिप्पणी समेत पेश गरेर निर्णय गराएकौ थियो । मालपोतका कर्मचारीले आफ्नो गलत निर्णय ढाकछोप गर्न मोठ समेत च्यातिएको अख्तियारको दाबी छ ।

 


सम्बन्धित समाचार