२० माघ वीरगञ्ज । भालुको आक्रमणमा परी ठोरी ३ रामनगरमा २ जना घाइते भएका छ्न ।
आज दिउँसो जंगलबाट घाँस लिएर फर्कने क्रममा रामनगरका बिबिलाल लोप्चनकी श्रीमती सुकमाया तामाङलाई भालुले आक्रमण गरेपछि बचाउन गएका उनका श्रीमान समेत घाइते भएको स्थानीय नारायण खडकाले बताए ।
जंगलबाट निस्किएका ३ वटा भालुले आक्रमण गर्दा सुकमायाको अनुहारमा गम्भीर चोट लागेको छ भने श्रीमान बिबिलालको अवस्था भने सामान्य रहेको स्थानीयबासीले बताएका छ्न ।
घाइते दुबैलाई तत्काल नारायणी अस्पताल वीरगञ्जमा उपचार भइरहेको स्थानीयबासीले बताएका छन ।