Logo

२१माघ,वीरगञ्ज । पर्साको कालिकामाई गाउपालिका वडा नम्बर ४ कट्टिबलुवामा गोढ समाजको बैठक सम्पन्न भएको छ । नेपाल गोढ समाज उत्थान समितीका अध्यक्ष सुनित साहको अध्यक्षतामा बैठक सम्पन्न भएको हो ।

बैठकमा समितीले हाल सम्म गरेको कार्य प्रगतिको बारेमा अध्यक्ष साहले चर्चा गरेका थिए । साहले मधेशी आयोगले प्रकाशित गरेका पुस्तकमा गोढ समुदायको नाम ४२ औं नम्बरमा सुचिकृत गर्दा केहि थर छुट्न गएकोमा त्यसलाई सच्याउन समितिले निवेदन दिएको जानकारी गराएका थिए ।

उनले “गोढ र गोंड दुवै एउटै जाति भएको र मधेशी आयोगले प्रकाशित पुस्तकामा गोंड मात्र उल्लेख गरिएकोले भबिष्यमा नामको कारण समस्या आउन सक्ने भएकोले त्यसलाई सच्याउन निवेदन दिएको जानकारी दिए” ।

यसैगरी बैठकमा कोषाध्यक्ष प्रहलाद गुप्ताले समितिको आयव्ययको बारेमा जानकारी गराएका थिए भने पर्सा जिल्ला अध्यक्ष मनोज साहले संस्थाले हाल सम्म गरेका काम कारवाहीको बारे प्रस्ष्ट पारेका थिए ।

सो अवसरमा स्थानिय तहमा निर्वाचित कालिकामाई गाँउपालिका वडा नम्बर ४ का वडा अध्यक्ष संजय साह ,पोखरीया नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष सोनालाल साह र स्वास्थयकर्मी प्रभास साहलाई सम्मानित गरिएको थियो ।

बैठकको सहजीकरण राकेश साहले गरेका थिए । बैठकमा पर्साका बिभिन्न गाँउका गोढ समुदायको अगुवा व्यक्तिहरुको उपस्थिती थियो । बैठक वडा अध्यक्ष संजय साहको घरमा सम्पन्न भएको थियो ।


सम्बन्धित समाचार