Logo

२१ माघ, वीरगञ्ज ।  वीरगञ्ज भन्सार एजेन्ट संघको अध्यक्षमा रामान तामाङ निर्वाचित भएका छन् ।

बाराको अमलेखगञ्जमा भएको ८ औं साधरण सभाले तामाङलाई अध्यक्षमा निर्वाचित गरेको हो । बरिष्ठ उपाध्यक्षमा सजेश श्रेष्ठ, प्रथम उपाध्यक्षमा मोहन शर्मा, द्वितिय उपाध्यक्षमा भुपाल राज पोखरेल निर्वाचित भएका छन् ।

सचिव र सह सचिव चयन गर्न बाँकी रहेको भन्सार एजेन्ट संघले जनाएको छ । त्यसैगरि कोषाध्यक्षमा संयोग कुमार साह र सदस्यहरुमा अर्जुन पुडासैनी, सिपी चौधरी लगायत निर्वाचित भएका छन् ।

प्रमुख भन्सार अधिकृत धन बहादुर बडुवालको प्रमुख आतिथ्यतामा साधरण सभाको उद्घाटन गरिएको थियो । सभारण सभाको बन्द सत्रमा सह सचिव भानु अधिकारीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

 


सम्बन्धित समाचार