Logo

२२ माघ, वीरगञ्ज । प्रेस चौतारी नेपालको २५ औं स्थापना दिवसको अवसरमा आज वीरगंजमा प्रभातफेरी निकालिएको छ । प्रेस चौतारी नेपाल पर्सा शाखाको आयोजनामा प्रभातफेरि निकालिएको हो ।

वीरगंज घण्टाघरबाट निकालिएको प्रभातफेरी नगर परिक्रमण गरि पुनः घण्टाघरमा आई कोण सभामा परिणत भएको थियो ।

चौतारीका पर्सा अध्यक्ष एवं मधेश प्रदेशका महासचिव श्याम बन्जाराको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष तुलशी भण्डारी ,पुर्व मध्यमाञ्चल संयोजक एवं एमालेका वीरगंज महानगर उपाध्यक्ष महेश दास,चौतारीका केन्द्रिय सचिव कमल उपाध्यया, केन्द्रिय सदस्य केसी लामिछाने धारणा राखेको चौतारीका पर्सा कोषाध्यक्ष राकेश साहले जानकारी दिए ।

कार्यक्रमको सहजिकरण सचिव राजेन्द्र सिंहले गरेका थिए । कार्यक्रममा पर्सेली संचारकर्मीहरुको उपस्थिती थियो ।


सम्बन्धित समाचार