२२ माघ , काठमाडौं । नेपाल टेलिकमले आज आइतबारदेखि फाइभजी सेवाको आन्तरिक परीक्षण सुरू गरेको छ ।१९ औं वार्षिकोत्सवको अवसरमा टेलिकमले फाइभजी सेवाको परीक्षणको औपचारिक शुभारम्भ गरेको हो ।
बबरमहल र सुन्धारास्थित टेलिकमको कार्यालयमा राखिएका फाइभजी उपकरणबाट फाइभजीको परीक्षण सुरू गर्न थालिएको छ ।सोही सेवाको उपयोग तत्काललाई टेलिकमका कर्मचारीहरूले मात्रै गर्न पाउने भएका छन् ।
सर्वसाधारणसँग फाइभजी चल्ने डिभाइसको संख्या नै न्यून भएको र फाइभजी प्रणाली प्रयोगको सम्भावना पनि न्यून रहेकाले कर्मचारीहरुबाटै परीक्षणकालको सुरुवात भएको टेलिकमले जनाएको छ ।
२ हजार ६ सय मेगाहर्ज ब्याण्ड अन्तर्गत टेलिकमले फाइभजी सेवाको सुरू गर्न थालेको हो । परीक्षणकालीन नतिजाका आधारमा अन्यत्र क्षेत्रहरुमा पनि फाइभजी विस्तार गरेर क्रमशः सर्वसाधारणका लागि सेवा उपलब्ध गराइने नेपाल टेलिकमले जनाएको छ ।