Logo

२१ माघ, धादिङ खटौती । धादिङ बेनीघाट चरौदीका सन्तोष बस्नेतले होटल पर्यटनमा लागेको ४ बर्ष पुरा भएको छ । बेनीघाटमा कृषि व्यवसायलाई मुख्य पेशा बनाउदै आएका बस्नेतले पर्यटन प्रवद्र्धनमा नयाँ गर्ने सोचका साथ यो पेशामा लागेको बताउछन् ।

कृषि पेशामा सफलता हासिल गरेका बस्नेतले होटल पर्यटनमा समेत नयाँ गरेर स्थापित हुने योजनाका साथ त्रिशुली जलयात्राको व्यवासयलाई राष्ट्रिय अन्तराष्ट्रिय रुपमा व्यापक प्रचार गर्ने र यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा योगदान पु¥याउने उदेश्यले होटल पर्यटन व्यवसायमा लागेको बताउछन् । उनी भन्छन् “यसमा संभावना र चुनौती दुवै छन त्यसलाई व्यवस्थित गरेर अगाडी बढन सके पक्कै सफलता मिल्छ ।”

बेनीघाट देखि खटौती सम्म त्रिशुली नदीमा जलयात्रा गर्न देश विदेशबाट पर्यटक आउने गरेका छन । पर्यटकहरुको ठूलो संख्यामा आउन थालेपछि पर्यटकहरुको सुविधाको लागि यस क्षेत्रमा एउटा राम्रो होटल आवश्यकता देखेर होटल पर्यटन मार्फत सेवा गर्ने उदेश्य २०७६ साल देखि त्रिशुली रिभर विच होटल संचालन गरेको बस्नेतले बताए ।

सन्तोष बस्नेत, जीवन घिमिरे र बिष्णुहरी सिलवाल तीन जनाको सयुक्त लगानीमा धादिङको कृष्णभिर नजिकको खटौतीमा संचालनमा रहेको त्रिशुली रिभर विच होटलले पर्यटकहरुको सुविधाको लागि त्रिशुली नदीमा र्‍याफटिङ, आरमदायी रुम, रेष्टुरेन्ट, स्वीमिङ, व्याडमिन्टेन, फुटवल, क्याप फायर र २ सय जनालाई राखेर कार्यक्रम गर्न सकिने सेमिनार हल समेतको व्यवस्था मिलाइएको छ ।

नेपाल उद्योग व्यापार महासंघको केन्द्रीय सदस्य समेत रहेका बस्नेतले होटल पर्यटन उद्योगलाई दिगो रुपमा विकास गर्ने लक्ष्यका साथ तीन जनाको साझेदारीमा होटल पर्यटन व्यवसायमा लागेको बताए ।

स्थानीय तह, प्रदेश र संघीय सरकारका कार्यक्रम संचालन हुनेगरेका त्रिशुली रिभर विचमा १० जना भन्दा बढी पर्यटक प्याकेजमा आएमा त्रिशुली नदीमा जलयात्रा (र्‍याफटिङ) को लागि विशेष सहुलियतको व्यवस्थ गरिएको बस्नेतले बताए ।

त्रिशुली नदीमा र्‍याफटिङको लागि पहिला विदेशीहरु मात्र आउने गरेकोमा केही बर्ष देखि स्वदेशी पर्यटकहरुको समेत घुइचो लाग्ने गरेको छ । फागुनको पहिलो हप्ता देखि असारको दोश्रो हप्ता सम्म त्रिशुली नदीमा ¥याफटिङ गर्न ठूलो संख्यामा पर्यटक आउने गरेको पाइन्छ ।

महाभारत पहाडको विचमा रहेको त्रिशुली नदीमा र्‍याफटिङ गराउने कार्यलाई व्यवसायीक रुपमा समेत विकास गरिएको होटल तथा पर्यटन व्यवसायी सन्तोष बस्नेतको भनाई छ । जलयात्रको हिसावले त्रिशुली नदीमा ¥याफटिङ सुरक्षित भएकोले पनि पर्यटकको आर्षक गन्तव्यको रुपमा लिने गरिन्छ । काठमाडौं, चितवनको सौराहा वा पोखरा पुग्ने पर्यटकहरु दुईको प्याकेज बनाएर त्रिशुली नदीमा र्‍याफटिङको लागि आउने गरेको बस्नेत बताए ।

रसुवाको गोसाइकुण्डबाट बगेको पानी त्रिशुली नदीमा आइपुग्दा कन्चन देखिन्छ । विगत केही बर्ष देखि त्रिशुली खोला आसपामा रहेका क्रसर उद्योगले खोलामा बालुवा प्रशोधनको नाउँमा माटो बगाएर फोहोर गर्दा जलयात्र (र्‍याफटिङ)मा कन्चन पानी धमिलो हुने गरेकोमा पर्यटकहरुले गुनासो गर्नेगरेको बस्नेतले बताए ।

त्रिशुली नदीमा जलयात्रालाई व्यवसायीक रुपमा संचालन गर्न सहज बनाउने हो भने त्रिशुली आसपासमा भएका क्रसर उद्योगलाई मापदण्ड अनुसार सञ्चालन गर्ने व्यवस्था मिलाउनु पर्ने उनको धारणा छ ।

अहिले पृथ्वी राजमार्गको दायावाँया क्षेत्रमा रहेका घना बस्तीको फोहोर पानी समेत सिधै त्रिशुली नदिमा मिसाउने गरेकोले झन नदी प्रदुषण हुने गरेको छ । स्थानीय सरकारले घरबाट निस्कने फोहोर पानीको लागि व्यवस्थित ढल निर्माण गर्नुपर्ने सुझाव बस्नेतको छ । यहाँ स्थानीयवासी, होटल पर्यटन व्यवसायी र स्थानीय सरकार विचको सहकार्यमा त्रिशुली नदीलाई प्रदुषण मुक्त बनाउने अभियान संचालन गरिनु पर्ने बस्नेतको बुझाई छ ।

बुकिङ को लागि त्रिशुली रिभर विच क्याप होटलको अफिसियल फेसबुक पेज 

https://www.facebook.com/trishuliriverbeach

 


सम्बन्धित समाचार