Logo

२३माघ, वीरगञ्ज। ठोरी गाउँपालिकाद्वारा सर्पदंश उपचार केन्द्रलाई जेनेरेटर हस्तान्तरण गरिएको छ । गाउँपालिका अध्यक्ष लाल बहादुर श्रेष्ठले आज उपचार केन्द्रलाई हस्तान्तरण गर्नुभएको हो ।

दैनिक रूपमा बिजुली नआउने समस्याका कारण फ्रीज गरेर राख्नुपर्ने औषधिहरुमा समस्या नआओस् भन्नका लागि गाउँपालिकाले जेनेरेटर उपलब्ध गराएको गाउँपालिका अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

जेनेरेटर बुझ्दै सर्पदंश उपचार केन्द्रका अध्यक्ष मान बहादुर श्रेष्ठले सहयोग उपलब्ध गराएकोमा गाउँपालिकालाई धन्यवाद ज्ञापन गर्नुभएको छ ।


सम्बन्धित समाचार