Logo

२३माघ,काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको कार्यभार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई तोक्नुभएको छ ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्री शिशिर खनाल र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले राजीनामा दिएपछि रिक्त रहेको दुवै मन्त्रालयको कार्यभार प्रधानमन्त्री प्रचण्डलाई तोक्नु भएको राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिमा उल्लेख छ ।

रिक्त रहेका दुवै मन्त्रालयको कार्यभार तोक्न प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति समक्ष सिफारिस गर्नुभएको थियो ।

रास्वपाबाट शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमा शिशिर खनाल, श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्रीमा डोलप्रसाद अर्याल र स्वास्थ्य राज्यमन्त्रीमा डा. तोसिमा कार्की नियुक्त हुनुभएको थियो ।


सम्बन्धित समाचार