Logo

२४ माघ, वीरगञ्ज । नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको छ । निगमले गएराति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजल र मट्टितेलको मूल्य प्रति लिटर तीन रुपैयाँका दरले बढाएको हो ।

अब पेट्रोल प्रतिलिटर १ सय ७८ रुपैयाँ पुगेको छ भने डिजल र मट्टितेलको मूल्य प्रतिलिटर १ सय ७५ रुपैयाँ पुगेको छ । खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य भने यथावत् रहेको छ ।

खाना पकाउने ग्यासको मूल्य प्रति सिलिण्डर १ हजार ८ सय रुपैयाँ रहेको छ । निगमले विज्ञप्ति निकालेर इन्डियन आयल कर्पोरेसनबाट गएको १६ गते प्राप्त नयाँ खरिद मूल्ययसूची अनुसार पेट्रोलमा प्रतिलिटर ८ रुपैयाँ १० पैसा, डिजलमा ७ रुपैयाँ ९८ पैसा, मट्टितेलमा ४ रुपैयाँ ६१ पैसा र हवाई इन्धनमा ७ रुपैयाँ ८० पैसा मूल्य बढेर आएकाले मूल्य बढाएको जनाएको छ ।

यो महिना नेपाल सरकारको ऋण र इण्डियन आयल कर्पोरेसन लिमिटेडलाई तिर्नुपर्ने बक्यौता १६ अर्ब ३० करोड रुपैयाँ रहेको निगमको दाबी छ ।

 


सम्बन्धित समाचार