Logo

२४ माघ, वीरगञ्ज । वीरगञ्ज कारागारमा रहेको समता स्कुलमा अध्ययनरत बिद्यार्थीहरुलाई सोमबार निःशुल्क रुपमा जुता तथा कापी, कलम, साबुन, बिस्कुट र जुस लगायतका सामग्री बितरण गरिएको छ ।

परिर्वतन नेपाल फाउन्डेसनको सहयोगमा सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा कुम्हाल टोल वीरगंजे सोमबार बिद्यालयमा अध्ययनरत ७५ जना बिद्यार्थीहरुलाई सो सामग्री वितरण गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथी वडा प्रहरी कार्यालय बिर्ताका प्रमुख प्रहरी निरिक्षक बिशाल मल्लले बिधार्थीहरुलाई सामग्री बितरण गर्दै सामाजीक कार्यमा सबैले हातोमालो गर्दै अगाडी बढन आग्रह गरे । उनले अगामी दिनमा पनि सामाजिक कार्य गर्नका साथै यस क्षेत्रको शान्ति सुरक्षामा कमी आउन नदिने प्रतिबद्धता जनाए ।

कार्यक्रममा सामुदायिक सेवा केन्द्रका अध्यक्ष रमेश चौधरी, वडा प्रहरी कार्यालय श्रीपुरका प्रमुख डिल्लीराज सापकोटा,
परिर्वतन नेपाल फाउन्डेसनका अध्यक्ष रणधिर वर्णवाल, सामुदायिक कुम्हाल टोलका सल्लाहकार नन्दलाल राउत, विद्यालयका शिक्षक, शिक्षिका लगायत संचारकर्मीहरुको सहभागिता रहेको थियो ।

दुई कक्षासम्म पढाई हुने सो विद्यालयमा करागारमा रहेका कैदीबन्दीका छोरा÷छोरी लगायत अति बिपन्न वर्गका छोरा÷छोरीहरुले शिक्षा आर्जन गर्दै आएका छन ।


सम्बन्धित समाचार