Logo

२४ माघ,काठमाडौं । प्रेम दिवसलाई अहिलेका युवापुस्ताले विशेष रूपमा मनाउन थालेका छन् । ७ फेब्रुअरीदेखि १४ फेब्रुअरीसम्म प्रणय सप्ताह मनाइन्छ ।

सोमबारदेखि प्रणय सप्ताह सुरु भएको छ । प्रेम जोडीहरूले प्रणय सप्ताहको प्रतिक्षामा हुन्छन् ।प्रेम दिवसको सुरुवात ‘रोज डे’ बाट सुरु हुन्छ । यस दिन जोडीहरूले एकअर्कालाई गुलाफको फूल दिएर माया देखाउने गर्दछन् ।

हरेक वर्ष ७ फेब्रुअरीका दिन ‘रोज डे’ मनाइन्छ ।‘रोज डे’ सुरु हुनअघि नै बजारमा रातो, पहेँलो, सेतो र गुलाबी रङका गुलाफका फूलहरू प्रशस्त मात्रामा देखिन्छन् । आजको दिन प्रेम प्रस्ताव राख्नेहरूका लागी निकै राम्रो मानिन्छ ।

किन मनाइन्छ ‘रोज डे’ ?
‘रोज डे’ को दिन आफूले मन पराएको व्यक्ति लाई प्रेम प्रस्ताव राख्ने गर्दछन् । आजको दिन मन पराएको व्यक्तिलाई गुलाफको फूल दिएर उप्रति आफ्नो मनमा रहेको भावनालाई व्यक्त गर्ने गर्दछन् ।

‘रोज डे’को इतिहास
गुलाफको फूल आफ्नो मनमा रहेको भावनालाई व्यक्त गर्ने प्रतिकको रूपमा मानिन्छ । मुगलकी रानी नुरजहाँलाई रातो गुलाफ अत्यन्तै मनप¥थ्यो । नुरजाहँलाई खुसी बनाउन राजाले हरेक दिन ताजा गुलाफको फूल उनको दरबारमा पठाउने गर्थे ।

अर्काे मान्यता अनुसार महारानी भिक्टोरियाको समयमा आफ्नो भावनालाई व्यक्त गर्न गुलाफको फूल आदानप्रदान गर्ने परम्परा सुरु गरेकी थिइन् । भिक्टोरियन र रोमनले आफ्नो प्रेम लाई व्यक्त गर्ने काम गुलाफको फूल दिएर गर्ने गर्थे ।
कसलाई कुन फूल दिने ?
गुलाफको फूलको अलग–अलग रङको अलग–अलग महत्व रहेको छ । ‘रोज डे’ का दिन कसैलाई फूल दिनुअगाडी त्यसको महत्व जान्न जरुरी छ ।रातो गुलाफः रातो गुलाफ प्रेम, जोस र भावनासँग सम्बन्धित छ ।

रातो गुलाफको फूल मन पराएको व्यक्तिलाई दिँदा तपाईंले उसलाई कति माया गर्नुहुन्छ भन्ने महसुस गराउँछ ।पहेँलो गुलाफः पहेँलो गुलाफ मित्रताको प्रतिकको रूपमा हेर्ने गरिन्छ ।

आफ्नो साथीलाई भावना व्यक्त गर्दा पहेँलो गुलाफको दिनुपर्छ । यसलाई खुसी र राम्रो स्वास्थ्यको प्रतिक मानिन्छ ।गुलाबी रङको गुलाफः गुलाबी रङको गुलाफको फूल कसैलाई धन्यवाद दिँदा दिइने गरिन्छ ।

प्रेम दिवस जोडीमा मात्रा नभएर आफ्नो आमा बुबासँग पनि मनाउन सकिन्छ ।सुन्तला रङको गुलाफः यो रङ गुलाफ जोसको प्रतिक हो । यसले उत्साह र इच्छालाई दर्साउँछ । जोडीहरूले आफ्नो प्रेममा जोश र उत्साह ल्याउनका लागि यो रङको गुलाफको फूल दिन सक्छन् ।

 


सम्बन्धित समाचार