Logo

२४ माघ,वीरगञ्ज ।जनमत पार्टीका अध्यक्ष डा.सिके राउतले अहिले आफनो पार्टी जसपा लोसपा भन्दा ठुलो पार्टी बनेको दाबी गरेका छन ।

वीरगञ्जमा सोमबार आयोजित पार्टी प्रबेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफनो पार्टीले मँसिर ४ गते भएको निर्बाचनमा पाएको समानुपातिक मतको आधारमा जसपा लोसपा भन्दा ठुलो पार्टी बनेको दाबी गरेका हुन । मधेस प्रदेश र लुम्बिनी प्रदेशमा समानुपाति मतको आधारमा जसपा लोसपा भन्दा ठुलो पार्टी बनिसकेको राउतको भनाई थियो ।

जनमत पार्टीको समानुपातिक मत हेर्नु हुन्छ भने मधेस प्रदेशमा जसपा भन्दा पनि ठुलो पार्टी छ जनमत पार्टी,उनले भने,लोसपा भन्दा पनि ठुलो पार्टी जनमत पार्टी हो यति बाधा ब्यावधानको बाबजुत पनि राष्ट्रिय पार्टी पनि बन्न सफल भयौ ।।चुनाव लडन सक्ने उम्मेदवासित खर्च गर्ने पैसा समेत नभएको अवस्थामा चुनाव लडेर आफनो पार्टी राष्ट्रिय पार्टी समेत बन्न सफल भएको उनले बताए ।

राउतले सप्तरी जिल्लामा मात्रै समानुपातिकतर्फ ८६ हजार मत ल्याएको बताउदै पर्सा जिल्लामा पनि त्यस्तो मत ल्याउनको लागि कोशिस गरिरहेको जिकिर गरे ।पर्सा जिल्लामा एमाले भन्दा २० हजार मतले मात्रै पछि रहेको बताउदै एमाले भन्दा ठुलो पार्टी बन्ने क्षमता जनमत पार्टीको पर्सा जिल्लामा रहेको उनले जिकिर गरे ।

ठुलो ठुलो पार्टीले चुनावमा जान डराएको भन्दै उनीहरुले गठबन्धन गरेर चुनाव लडेको भएपनि अफनो पार्टी एक्लै चुनावमा भाग लिएर राष्ट्रिय पार्टी बनेको राउतले जानकारी दिए । अन्य पार्टीको सम्भावना देशमा सकिएको भन्दै राउतले पुराना पार्टी पुरानो गाडी जस्तो भईसकेको बताए ।पुराना पार्टी पुरानो गाडी जस्तो भईसकेपछि नयाँ गाडी चढनुपर्ने आवशयकता आउने भएकाले अहिले जनताले नयाँ पार्टीको रुपमा जनमत पार्टीप्रति आकर्षित बनेको राउतले बताए ।

पुराना पार्टीहरुलाई हेर्दाहेर्दै जनता थाकिसकेकोले आफनो पार्टी बेकल्पिक शक्ति बन्नेतर्फ अघि बढेको उनको भनाई थियो ।राउतले ९० हजार समानुपातिक मत पर्सा जिल्लामा ल्याउने लक्ष्य रहेको बताएका छन ।वीरगञ्जमा सोमबार पार्टी प्रबेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले भबिष्यमा सम्भावना बोकेको पार्टी जनमत पार्टी नै भएको दाबी उनले गरे ।

अन्य पार्टीको सम्भावना देशमा सकिएको भन्दै राउतले पुराना पार्टी पुरानो गाडी जस्तो भईसकेको बताए ।पुराना पार्टी पुरानो गाडी जस्तो भईसकेपछि नयाँ गाडी चढनुपर्ने आवशयकता आउने भएकाले अहिले जनताले नयाँ पार्टीको रुपमा जनमत पार्टीप्रति आकर्षित बनेको उनको दाबीथियो ।

पुराना पार्टीहरुलाई हेर्दाहेर्दै जनता थाकिसकेकोले आफनो पार्टी बेकल्पिक शक्ति बन्नेतर्फ अघि बढेको उनको भनाई थियो ।दुई तिन महिना पहिले जनमत पार्टीका कार्यकर्ताहरुमा चुनावमा जान पनि सक्ने क्षमता नरहेको अवस्थामा चुनाव लडेर अहिले पार्टीका कार्यकर्ताहरुले पार्टीलाई स्थापवत बनाएको राउतको जिकिर थियो ।कार्यक्रममा मुकेश द्विबेदी लगायत नेता कार्यकर्ताहरु जनमत पार्टीमा प्रबेश गरेका थिए ।


सम्बन्धित समाचार