Logo

२४ माघ, वीरगञ्ज । नेपाल चिकित्सक संघको मधेस प्रदेश उपाध्यक्षमा वीरगन्जका डाक्टर निरजकुमार सिंह निर्वाचित भएका छन् ।

संघको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मंगलबार बेलुकी सकिएको मतगणनाको अन्तिम नतिजा अनुसार , संघको मधेस प्रदेश उपाध्यक्षमा लोकतान्त्रिक समुहका उम्मदवार डा. सिंह ३०८१ मतका साथ विजयी भएका हुन् ।

उनका निकतम प्रतिद्वन्द्वी डा. महेश महासेठले १५७४ मत पाए भने अर्का उम्मेदवार डा. अजयकुमार मिश्रले ११२४ मत मात्रै ल्याए ।यस्तै संघको अध्यक्षमा पनि लोकतान्त्रिक समुहकै डा. अनिलविक्रम कार्की विजयी भएका छन् ।

कार्कीले ३ हजार ५३७ मत ल्याउँदै जित हासिल गरेका हुन् । अध्यक्षका अर्का उम्मेदवार प्रगतिशील समूहका डा. सन्तोष पौडेलले २ हजार २२३ र स्वतन्त्र उम्मेदवार डा. शिवजीविक्रम सिलवालले २९० मत प्राप्त गरे ।संघको नयाँ नेतृत्वमा एकजना सदस्य बाहेक लोकतान्त्रिक समूहको प्यानल नै विजयी भएको हो ।

यस्तै, संघको महासचिवमा पनि लोकतान्त्रिक समूहकै डा. सञ्जीव तिवारी २९१८ मतका ल्याएर विजयी भए ।बागमती प्रदेशको उपाध्यक्षमा डा. प्रकाश बुढाथोकीले ३५५३ मतका साथ विजय हासिल गरे । उनका प्रतिस्पर्धी डा. सञ्जय ठाकुरले २२१४ मत ल्याए ।

गण्डकी प्रदेशमा डा. राजन शर्माले ३३२२ मतका साथ विजयी बने भने उनका प्रतिस्पर्धी डा. विकास गौचन २३९० मत ल्याए । यस्तै, सुदूरपश्चिम प्रदेशको उपाध्यक्षमा डा. प्रशान्त भट्ट ३३५९ मतका ल्याएर विजयी भए भने उनका प्रतिद्वन्द्वी डा. निरज अर्याल २३०८ मत ल्याए ।

सदस्यहरुमा लोकतान्त्रिक समूहका डा. अमित रञ्जन मिश्र, डा. किशोर खत्री, डा. सृजना विष्ट, डा तेज्सुसिंह मल्ल, डा. युभिन कुमार यादव र प्रगतिशिल समूहकी डा. स्मृती महत विजयी भएका छन् । संघको निर्वाचनमा कुल ६२९२ मत खसेको थियो ।


सम्बन्धित समाचार