Logo

२५ माघ,वीरगञ्ज । वीरगन्जको घण्टाघरदेखि पावर हाउस चोकसम्मको सडक खण्डमा रहेका खाली स्थानमा वृक्षरोपण गरिएको छ ।

सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत ग्रिनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगर १० पर्साको आयोजना र बिरगंज महानगरपालिका पर्सा तथा राष्ट्रपति चुरे तराई मधेश संरक्षण बिकास समिति भरतपुर चितवनको सहयोगमा वृक्षरोपण गरिएको हो ।

वृक्षरोपण कार्यक्रमका प्रमुख अतिथि बिरगज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंहले वृक्षरोपण गरेर उदघाटन गर्नुभएको थियो । ग्रिनसिटी सामुदायिक सेवा केन्द्रका आदर्शनगरका अध्यक्ष जय प्रकाश खेतानको अध्यक्षतामा भएको कार्यक्रममा म्यांगो स्टिक १०० थान, सिङगापुरी ५० थान, रातो रानी, ७५ थान, गुलाबको फुल २५ थान गरि जम्मा २०० थान बिरुवा वृक्षरोपण गरिएको व्यवस्थित वीरगन्ज अभियानका संयोजक दिलिपराज कार्कीले जानकारी दिनुभयो ।

कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी, सहायक प्रमुख जिल्ला अधिकारी महेसराज तिमिल्सिना, प्रहरी उपरीक्षक कोमल साह, सशस्त्र प्रहरी उपरीक्षक सुमन थपलिया लगायत बिभिन संघ संस्थाका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।


सम्बन्धित समाचार