Logo

२५ माघ,वीरगञ्ज । प्रहरीले चोरी गरेको आरोपमा वीरगञ्जबाट एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।प्रहरीले चोरी गरेको आरोपमा भारत विहार जिल्ला सितामढी ग्राम घर भई हाल वीरगञ्ज महानगरपालिका–१३ मा डेरा गरि बस्ने २० बर्षिय राजु आलम भन्ने फैयाज आलमलाई पक्राउ गरेको हो ।

वीरगञ्ज महानगरपालिका–१२ बस्ने कपिल प्रसाद रौनियार कामको सिलसिलामा काठमाण्डौ गएको बेला उनको घरबाट ताल्चा फुटाई नगद एक लाख,११ लाख १० हजारको गरगहना गरि १२ लाख १० हजारको धनमाल चोरी भएको थियो ।

वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरी टोलीले आलमलाई नियन्त्रणमा लिई सोधपुछ गर्नेक्रममा उनले चोरी गरेको भनि खुल्न आएको पर्सा प्रहरीले जानकारी दिएको छ ।साथै आलमको डेरा कोठाबाट चोरी भएको दशीको सामान एलईडी दुई थान र क्यामेरा एक थान बरामद गरिएको पर्साका प्रहरी प्रबक्ता एवम् प्रहरी नायब उपरिक्षक निर्मल बुढाथोकीले जानकारी दिए ।पक्राउ परेका आलमलाई चोरी सम्बन्धी कसूरमा अदालतबाट पाँच दिनको म्याद थप गराई कारवाही प्रक्रिया अघि बढाइएको उनले बताए ।


सम्बन्धित समाचार