२५ माघ, वीरगञ्ज । पर्सा जगरनाथपुर गाउँपालिकास्थित ओरिया खोलामा हराएको दुई वटा सिमा स्तम्भ भेटिएको छ । जगरनाथपुर गाउँपालिकाको वडा नम्बर १ स्थित ओरिया खोलाबाट हराईरहेको दुई वटा सिमा स्तम्भ भेटिएको हो ।
ओरिया खोलामा हराएको सिमा स्तम्भ ४२२ र ४२२÷१ भ्ेटिएको परेको जगरनाथपुर गाउँपालिकाका अध्यक्ष श्रीकान्त यादवले जानकारी दिए ।खोलामा बाढी आउँदा हराईरहेको सिमा स्तम्भ भारतीय पक्षले खोलाबाट बालुवा निकाल्दा भेटिएको यादवले बताए ।
खोलामा बाढी आउदा सिमा स्तम्भहरु हराएका थिए खोलाबाट भारतीय पक्षले बालुवा निकाल्ने क्रममा सिमा स्तम्भ भेटिएको हो,उनले भने ।उनका अनुसार अझै सिमा स्तम्भहरु खेलाभित्रै हराईरहेको अवस्थामा रहेको छ ।
नेपाल भारत सिमा क्षेत्रको दशगजा क्षेत्रमा ओरिया खोला पर्ने भन्दै गाउँपालिकाले उक्त खोलाको ठेक्का भने नलगाउने गरेको भएपनि भारतले भने खोलाको ठेक्का लगाएर गिटी बालुवा निकाल्ने गरेको यादवको भनाई छ ।
सिमा स्तम्भ भेटिएपछि प्र्रमुख अधिकारी हिरालाल रेग्मी,पर्साका प्रहरी प्रमुख कोमल साह , सश्स्त्र प्रहरी १३ नम्बर गणका सश्स्त्र प्रहरी उपरिक्षक सुमन थपलियासहितको टोलीलाई बोलाएर सिमा स्तम्भको अनुगमन गरेको यादवले बताए ।