Logo

(230207) — ALEPPO (SYRIA), Feb. 7, 2023 (Xinhua) — People search for survivors among the rubble of a building destroyed in a powerful earthquake in the al-Masharqa neighborhood of Aleppo city, northern Syria, on Feb. 7, 2023. Massive earthquakes have killed 364 people and wounded 702 others in Aleppo city, the media office at the Aleppo governorate headquarters told Xinhua. (Str/Xinhua)

२६ माघ, काठमाडौँ। भूकम्पमा परेर टर्की र सिरियामा ज्यान गुमाउनेको सङ्ख्या १५ हजार पुगेको छ । गएको सोमवार आएको भूकम्पमा परेर ज्यान गुमाउनेको सङ्ख्या बझै बढ्ने अनुमान छ ।

अहिलेसम्म १५ हजार जनाको ज्यान गएको पुष्टि भएको बीबीसीले जनाएको छ । भूकम्पका कारण कयौँ घाइते भएका छन् ।भग्नावशेषमा पुरिएका कतिपयको अझै उद्धार हुन सकिरहेको छैन । राहत तथा उद्धारका प्रयास भइरहेका छन् भने हराइरहेकाहरुको खोजी पनि भइरहेको छ ।

आलोचकहरुले राहत तथा उद्धारको काम सुस्त भएको भन्दै टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानको आलोचना गरेका छन् ।

तर, राष्टपति एर्दोगानले भने सरकारको बचाउ गर्नु भएको छ ।उहाँले राहत तथा उद्धारमा केही कठिनाइ भएको स्वीकार गर्दै स्थिति नियन्त्रणमा नै रहेको दाबी गर्नु भएको छ । आलोचकहरुले राहत र उद्धारको काम छिटो छरितो हुन नसकेको र सरकारी तयारी पनि प्रभावकारी नभएको प्रतिक्रिया दिएका छन् ।


सम्बन्धित समाचार