Logo

२७ माघ,काठमाण्डौ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले संरक्षित वन्यजन्तु गैँडाको खाग ओसारपसार तथा खरिद बिक्री कार्यमा संलग्न विभिन्न १५ जनालाई पक्राउ गरेको छ । सीआईबीको टोलीले काठमाडौंको कपनस्थित सरस्वतीनगरबाट ५२२ ग्रामको एक थान खागसहित १९ पुसमा दुई जनालाई पक्राउ गरेको जनाएको छ ।

त्यसबेला झापाको भद्रपुर नगरपालिका– १० बस्ने ४५ वर्षीय ईन्द्रमणि आचार्य र बाँकेको कोहलपुर नगरपालिका– ११ का जमुना कुमारी शर्मा पक्राउ परेका थिए ।उनीहरूलाई प्रारम्भिक सोधपुछ तथा अनुसन्धानका क्रममा उक्त कारोबारमा अन्य व्यक्ति समेत संलग्न रहेको खुलेपछि थप १३ जनालाई पक्राउ गरिएको सीआईबीले जानकारी दिएको छ ।

पक्राउ पर्नेहरूमा पाल्पा घर भइ काठमाडौं बस्ने बाबुलाल भट्टराई, कैलालीका गणेश भनिने गजाधर सापकोटा, कैलालीकै प्रताप चौधरी, भोजपुर घर भइ काठमाडौं बस्ने डम्बर कुमार आलेमगर, गोरखाका दानबहादुर राना, स्याङ्जाका निर्मल शाही, स्याङ्जाकै हरिमाया राना, चितवनका सम्झना चेपाङ भनिने कमला तामाङ, चितवनकै सोमबहादुर चेपाङ, चितवनकै तुलसी चेपाङ, चितवनकै वीरमान वाइवा, चितवनकै राधाकृष्ण चेपाङ र चितवनका आइतबहादुर तामाङ छन् ।

अनुसन्धानका क्रममा उनीहरूले २० लाखमा उक्त खाग बिक्री गर्न खोजेको खुलेको सीआईबीले जनाएको छ ।अवैध रूपमा ओसारपसार तथा खरिद बिक्रीमा संलग्न भएको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले १५ जनालाई पक्राउ गरेको छ ।सीआईबीको टोलीले काठमाडौंको कपनस्थित सरस्वतीनगरबाट ५२२ ग्रामको एक थान खागसहित १९ पुसमा दुई जनालाई पक्राउ गरेको जनाएको छ ।

त्यसबेला झापाको भद्रपुर नगरपालिका– १० बस्ने ४५ वर्षीय ईन्द्रमणि आचार्य र बाँकेको कोहलपुर नगरपालिका– ११ का जमुना कुमारी शर्मा पक्राउ परेका थिए ।उनीहरूलाई प्रारम्भिक सोधपुछ तथा अनुसन्धानका क्रममा उक्त कारोबारमा अन्य व्यक्ति समेत संलग्न रहेको खुलेपछि थप १३ जनालाई पक्राउ गरिएको सीआईबीले जानकारी दिएको छ ।

पक्राउ पर्नेहरूमा पाल्पा घर भइ काठमाडौं बस्ने बाबुलाल भट्टराई, कैलालीका गणेश भनिने गजाधर सापकोटा, कैलालीकै प्रताप चौधरी, भोजपुर घर भइ काठमाडौं बस्ने डम्बर कुमार आलेमगर, गोरखाका दानबहादुर राना, स्याङ्जाका निर्मल शाही, स्याङ्जाकै हरिमाया राना, चितवनका सम्झना चेपाङ भनिने कमला तामाङ, चितवनकै सोमबहादुर चेपाङ, चितवनकै तुलसी चेपाङ, चितवनकै वीरमान वाइवा, चितवनकै राधाकृष्ण चेपाङ र चितवनका आइतबहादुर तामाङ छन् ।

अनुसन्धानका क्रममा उनीहरूले २० लाखमा उक्त खाग बिक्री गर्न खोजेको खुलेको सीआईबीले जनाएको छ ।

Press-Release1675956134


सम्बन्धित समाचार