Logo

२७ माघ,वीरगञ्ज । वीरगन्ज महानगरपालिकाको ‘मेयर घरदैलो स्वास्थ्य शिविर कार्यक्रम’ स्थगित भएको छ । महानगरपालिकाले सञ्चालन गरेको ‘मेयर घरदैलो स्वास्थ्य शिविर कार्यक्रम’ चालू आर्थिक बर्षको पुष महिनासम्म सञ्चालनपछि स्थागित भएको हो ।

कार्यक्रमलाई दीर्घकालिन रुपमा सञ्चालन गर्नका लागि बर्थिङ सेण्टर (प्रसुती सेवा केन्द्र) हरुमा नै सेवा उपलब्ध गराउने तयारी भएकोले हालको लागि कार्यक्रम स्थगित भएको वीरगन्ज महानगरपालिकाका स्वास्थ्य तथा सामाजिक विकास महाशाखाका स्वाथ्य अधिकृत रितेश जयसवालले जानकारी दिनुभयो ।

कार्यक्रमलाई दीगोपना दिनका लागि बर्थिङ सेण्टरमा नै डाक्टर सहितको स्थायी रुपमा स्थापना गर्ने तयारी भएकाले अहिले कार्यक्रम स्थगित गरिएको बताउनुभयो ।

अहिले पाँच स्थानमा स्थापना गरिएको बर्थिङ सेण्टरबाट डाक्टर सहितको बहिरंग सेवा संचालन गरिने र अर्को बर्ष फेरी अन्य स्थानहरुमा स्थापना भएका बर्थिङ सेण्टरहरुबाट सेवा सञ्चालन गरिने जयसवालले बताउनुभयो । त्यसको महानगरपालिकाले बजेट समेत विनियोजन गरिसकेको उहाँले जानकारी दिनुभयो ।

हालसम्म सञ्चालन गरेको कार्यक्रममा १० हजार ७ सय ८५ जनाले नाम दर्ता गराएकोमा १० हजार २ सय ३३ जनाले बहिरंग सेवामा स्वास्थ्य परीक्षण गराएका छन् । त्यस्तै ४५३ जनाले युएसजी सेवा, इसीजी सेवा ६७ जनाले र ल्याब परीक्षणमा २ हजार एकसय ७२ जनाले सेवा लिएका छन् । ४५ जनालाई थप उपचारका लागि रिफर गरिएको स्वास्थ्य महाशाखाले जनाएको छ ।

 


सम्बन्धित समाचार