Logo

२७ माघ,चितवन। महालक्ष्मी लाईफ ईन्स्योरेन्स लिमिटेडको चौथो बार्षिकोत्सव सम्पन्न भएको छ ।२०७५ माघ २७ गतेबाट कारोबार प्ररम्भ गरेको लिमिटेडले कारोबार संचालनको चार वर्ष पुरा गरेको छ ।जीवन बीमा बजारमा सबैभन्दा कान्छो कम्पनीको रुपमा आएको यस कम्पनीले स्थापित र पछि आएका कम्पनीहरु सँग अस्वस्थ प्रतिस्पर्धाको बीच गुणस्तर कारोबार गर्नु ठूलो चुनौती थियो ।

नेपालको जिवन बीमा बजारमा देखा परेको अनेकौ समस्या र कठिनाईको बिचमा रहेर बीमा सम्बन्धी जनचेतना अभिबृद्वि गर्ने तथा गुणस्तरिय व्यवसाय सँगै कम्पनीको विश्वश्नीयता बृद्विलाई प्रथमिकतामा राखेर कम्पनीले काम गर्दै आईरहेको छ ।

कम्पनीले गत आ.व.२०७८ ÷७९ को पौष मसान्तको तुलनामा चालु आ.व.२०७९÷८० को पौष मसान्त सम्ममा चु्क्ता पूँजीमा ५० प्रतिशत जगेडा कोषमा ६०.७ प्रतिशत, जीवन बिमा कोषमा ५३ं.४ प्रतिशत,महाविपत्ति कोषमा ४४.५ प्रतिशत,कर्जा लगानीमा २९.५ प्रतिशत, दाबी भुक्तानीमा ३८ प्रतिशत र ३५.४ प्रतिश्तले बृद्धि गर्न सफल भएको छ ।कम्पनीले स्थापना पछिको दुई वर्षको कारोबारको अवरोधले शाखा संचालन बिस्तार र अभिकर्ता निर्माणमा कठिनाई भोगनु परेपनि त्यसलाई पार गर्न सफल भएको छ ।

प्रत्येक घरमा एउटा जिवन बीमा युवासँग महालक्ष्मी लाईफ ईन्स्योरेन्स र महिला सशतिmकरणमा महालक्ष्मी लाईफ जस्ता जनचेतना मुलक कार्यक्रम लिएर देशै भरी अभियान समेत कम्पनीले संचालन गर्दै आएको छ ।

नेपाल बिमा प्राधिमरणको निर्देशनपछि हाल महालक्ष्मी लाईफ ईन्स्योरेन्स लिमिटेड प्रभु लाईफ इन्स्येरेन्स सँग मर्जरको लागि अगाडी बढेको छ ।बार्षिकोत्सवको अवसरमा महालक्ष्मी आईफ इन्स्येरेन्सले मितव्ययी तरिकाले गुणस्तरिय कारोबार संचालन गर्दै लगानीकर्ता र बीमितहरुको हितलाई सधै सर्वोपरि राखि काम गर्ने कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भटराईले जानकारी दिए ।

जिवन बीमा बजारमा देखा परेको समस्या र कठिनाईको बिचमा रहेर बीमा सम्बन्धी जनचेतना अभिबृद्वि गर्ने तथा गुणस्तरिय व्यवसाय सँगै कम्पनीको विश्वश्नीयता बृद्विलाई प्रथमिकतामा राखेको उनले बताए ।


सम्बन्धित समाचार