Logo

२८माघ, वीरगञ्ज । वीरगञ्जमा आज आयोजित रक्तदान कार्यक्रममा १ सय ५६ पोका रगत संकलन भएको छ । हिन्दु परिषद नेपाल वीरगञ्ज र न्यू राव इन्टरप्राईजेज गण्डकले आयोजना गरेको कार्यक्रममा उक्त रगत संकलन भएको हो ।

परिषद नेपाल, वीरगन्ज नगर कमिटिले आज विरगन्जको घण्टाघर चोकमा रक्तदान कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रममा १ जना महिला सहित ८६ जनाले रक्तदान गरेका छन् ।

रक्तदान जीवनदानको नारा सहित सो कार्यक्रमको आयोजना भएको हिन्दु परिषद नेपाल वीरगन्ज नगर कमिटिका अध्यक्ष प्रमोद सिंहले बताउनुभयो । कार्यक्रममा रक्तसञ्चार केन्द्र वीरगन्जले प्राविधिक सहयोग उपलब्ध गरेको थियो ।

त्यस्तै न्यू राव इन्टरप्राईजेज गण्डकले पनि रक्तदानको सम्पन्न गरेको छ ।

गण्डक चोकमा आयोजित रक्तदानको प्रमुख अतिथि सशस्त्र प्रहरी उपरीक्षक सुमन थपलियाले उद्घाटन गर्नुभएको हो । कार्यक्रममा ७० जनाले रक्तदान गरेका छन् ।

रक्तदान गर्नेहरुमा धर्मवीर मण्डल, सुनिल कुमार पटेल, रामराजा यादव, सुनिल कुमार साह, राम सिंह, राजेश दास, निरज प्रसाद पटेल लगायतका रहेका छन् ।

 


सम्बन्धित समाचार