Logo

२८माघ, वीरगञ्ज । सामसङ्गको अत्यन्त चासोका साथ प्रतिक्षा गरिएको सबैभन्दा उत्कृष्ट स्मार्टफोन, सामसङ्ग ग्यालेक्सी एस २३ लाई वीरगञ्जस्थित दियालो लड्स प्लाजामा एक कार्यक्रमबिच प्रस्तुत गरेको छ ।

ग्यालेक्सी एस२३ सिरिजका ग्यालेक्सी एस२३, ग्यालेक्सी एस२३+ र ग्यालेक्सी एस२३ अल्ट्रा मोबाइलको अन्भेल सामसङ्गका निर्देशक श्री प्रणय रत्न स्थापित, लोकप्रिय नायक अनमोल के.सी. र मिस नेपाल २०२२ सुश्री प्रियंका रानी जोशीले संयुक्त रुपमा गर्नुभएको हो । समारोहमा अतिथिहरु सामसङ्गको नवीनतम् उत्पादनको बारेमा जानकारी लिन उत्साहित देखिएका थिए ।

सामसङ्गका निर्देशक श्री प्रणय रत्न स्थापितले ग्यालेक्सी एस २३ सिरिजमा हरेक फोटो अतुल्य बनाउन, ग्यालेक्सी एस२३ अल्ट्रामा नयाँ २०० मिलियन पिक्सल क्यामराका साथ सबैभन्दा उत्कृष्ट मोबाइल प्रविधि जडित भएको जानकारी दिनुभयो ।

यसले संसारलाई शार्पर फोकसमा ल्याइउने र यसमा भएको अत्यन्त शक्तिशाली स्न्यापड्रागन ८ जेन २ ले दिने गेमिङ्ग एक्सपेरियन्स्लाई कसैले मात दिन नसक्ने उहाँको भनाई छ ।

आफुहरु नेपालमा ग्यालेक्सी एस२३ प्रस्तुत गर्न पाउँदा अत्यन्त उत्साहित भएको उहाँले बताउनुभयो । उहाँका अनुसार सो फोन एक अल्टिमेट प्रिमियम स्मार्टफोन हो, जसले गा्रहकहरुलाई आज र भविष्यको आवश्यकता र चाहनालाई अघि बढाउने छ ।

ग्यालेक्सी एस२३ स्मार्टफोनहरु यसभन्दा अघि कहिल्यै नगरिएको प्रिमियम एकस्पेरियन्स्का लागि डिजाइन गरिएका छ । उक्त सिरिजमा असाधारण क्षमताका क्यामराहरु जडान गरिएका छन्, जसले प्रयोगकर्तालार्ई कुनै पनि लाइटिंगमा फोटोहरू र भिडियोहरु खिच्नका लागि अगाडि र पछाडिको दुवै क्यामरा प्रयोग गर्न मिल्ने बताईएको छ ।


सम्बन्धित समाचार