Logo

२८माघ, वीरगञ्ज । वीरगन्ज महानगरपालिकाका प्रथम नगर प्रमुख विजय कुमार सरावगी सम्मानित हुनुभएको छ ।

नेपाल रेड्क्र्स सोसाइटी पर्सा जिल्ला शाखाले आफ्नो तेस्रो जिल्ला सधारण सभाको अवसरमा सरावगीलाई स्वर्गीय भूपेन्द्रलाल नेपाली स्मृति पुरस्कारबाट सम्मानित गरेको हो ।

सरावगीले महानगर प्रमुख भएको बेला विपद व्यावस्थापनका साथै कोरोना महामारीको समयमा मानवीय सेवामा खेल्नुभएको भूमिको उच्च मूल्यांकन गर्दै सरवागीलाई सम्मान गरिएको रेडक्रस सोसाईटी पर्सा शाखाका सभापति विरेन्द्रराज कडेँलले जानकारी दिनुभयो ।

सरवागीले रक्तसञ्चार केन्द्र भवन निर्माणका लागि जग्गा उपलब्ध गराउनुका साथै व्यक्तिगत रुपमा पनि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएकोले उहाँ सम्मान गर्नुपर्ने उपयुक्त व्यक्ति भएकोले पनि सरावगीलाई सम्मान गर्न पाउँदा रेडक्रस पर्साको शोभा अझ बढेको बताउनुभयो ।


सम्बन्धित समाचार