Logo

२८माघ,वीरगञ्ज । दाइजो एवम सामाजिक कुरीति विरुद्धको जागरण मंच र देवी माइ पूजा समितिको संयुक्त आयोजनामा आज पर्साको जगरनाथपुर गाउँपालिकामा निशुल्क आँखा शिविर सम्पन्न भएको छ ।

गाउँपालिकाको वडा नम्बर २ जानकीटोल स्थित श्री नेराप्राविको प्रांङणमा सम्पन्न भएको शिबिरमा २ सय १५ जनाको आँखा चेकजाँच गरिएको थियो । जसमध्ये ५७ जनामा मोतियाबिन्दुको समस्या फेला परेको हो । शिविरमा आखाँमा समस्या देखिएकालाई औषधी समेत वितरण गरिएको थियो ।

वीरगञ्जको दृष्टि आँखा अस्पताल एण्ड रेटिना सेन्टरको प्रविघिक सहयोगमा सम्पन्न भएको शिबिरमा मोतियाबिन्द भेटिएका बिरामीहरुको फागुन ३ गते बुघवार विशेष छुट सहित आँखाको अप्रेशन गरिने बताईएको छ ।


सम्बन्धित समाचार