Logo

२९ माघ,काठमाडौँ ।राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) अवैधानिक भएकाले खारेज गर्न माग गर्दै निर्वाचन आयोगमा निवेदन परेको छ।युवराज सफलले आइतबार निर्वाचन आयोगमा रास्वपा खारेजीको माग गर्दै निवेदन दर्ता गराएका हुन्।

‘राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा (५) को उपदफा (च) को व्यवस्था हेर्दा पार्टी दर्ता कायम हुन न्यूनतम २१ जनाको केन्द्रीय समिति चाहिन्छ तर निवेदनको बुँदा नं. (२)को निर्णयबाट पार्टी सभापति रवि लामिछाने तत्कालीन समयमा दल दर्ता गर्न अयोग्य रहेको भन्ने पुष्टि भएसँगै २१ जनाको केन्द्रीय समिति २० जनामा सीमित भएको छ।

यो अवस्था पार्टी दर्ता हुन अयोग्य भएको अवस्था हो,’ निवेदनमा दावी गरिएको छ।पार्टीले दर्ता हुनको लागि पूरा गर्नुपर्ने न्यूनतम मापदण्ड नै पूरा नगरी दर्ता गरेकोले तत्काल सो पार्टीको दर्ता खारेज गरी सो पार्टीका तर्फबाट सञ्चालन भएका हालसम्मका राजनीतिक गतिविधि तथा कामकारबाहीलाई अवैधानिक घोषणा गर्न माग निवदेनमा गरिएको छ।

युवराज सफलले यसभन्दा अगाडि रास्वपासम्बन्धी दुईवटा निवेदन हालिसकेका छन्।


सम्बन्धित समाचार