Logo

१ फागुन, वीरगञ्ज । पर्सामा झुण्डिएर आत्महत्या गर्ने मानिसहरुको सङख्यामा ह्वात्तै वृद्धि भएको छ । जिल्ला प्रहरी कार्यालय पर्साले माघ महिनामा मात्र पर्सामा २५ जनाले झुण्डिएर आत्महत्या गरेको कहालिलाग्दो तथ्यांक सार्वजनिक गरेको हो ।

पारिवारिक तनाव, विचलन र आर्थिक अवस्था खराव भएपछि मानिसहरुले आत्महात्यालाई विकल्पको रुपमा लिएकोले माघ महिनामा आत्महत्याका घटना बढेको पर्साका प्रहरी प्रमुख कोमल शाहले बताए । अधिकांशको पारीवारिक समस्याको कारण आत्महत्या गरेको देखिएको प्रहरी उपरिक्षक शाहले जानकारी दिए ।

यस बर्षको पुस महिनामा एक जनाले आत्महत्या गरेको घटना दर्ता भएकोमा माघमा माघ महिनामा झुण्डिएर आत्महत्या गर्नेको सङख्या कहाली लाग्दो आवस्थामा वृद्धि भएको हो । जिल्ला प्रहरी कार्यालय पर्साले दिएको तथ्यांङक अनुसार गत माघ महिनामा २५ जनाले झुण्डिएर आत्महत्या गरेको मुद्दा जिल्लामा दर्ता भएको छ ।

यो चालु आर्थिक वर्षको पुष महिनाको भन्दा २४ जनाले बढी हो । पुष महिनामा जम्मा १ वटा आत्महत्याको उजुरी जिल्लामा आएको तथ्याङकमा उल्लेख छ । पारिवारिक समस्याका कारण उनीहरुले आत्महत्या गरेको कारण खुलेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरिक्षक कोमल शाहले जानकारी दिए ।

पर्साका विभिन्न पालिकामा आत्महत्याको घटना बढन थालेपछि स्थानीय सरकारले आत्महत्या प्रति मानिसलाई निरुत्साहित पार्न सचेतना मूलक कार्यक्रम संचालन गर्नुपर्ने धारण अधिकारकर्मीहरुको छ । आत्महत्याका केही घटनामा कम उमेरमा माया प्रेममा लाग्ने र परिवारले अस्वीरकार गर्ने भएपछि आत्म हत्याको बाटो रोजेको देखिने गरेको प्रहरीको भनाई छ ।

स्थानीय सरकारले आत्महत्याका घटनालाई केन्द्रीत गर्दै गाउँ गाउँमा जनजागरण र सचेतना कार्यक्रम सञ्चालन गर्नुपर्ने अवस्था देखिएको प्रहरीको भनाई छ ।


सम्बन्धित समाचार