Logo

२ फागुन, वीरगञ्ज । मानवसेवा आश्रम वीरगञ्जले वीरगञ्जको सडक पेटीमा वेवारीसे अवस्थामा वस्दै आएका दुई जनाको उद्धार गरेको छ । हिजो राती सवाँ १० बजे वीरगञ्ज भंसार नजिक अलपत्र अवस्थामा रहेका एकजना वृद्ध र आर्दशनगर स्थित दियालो लड्स प्लाजा होटल नजिक नाला छेउको गल्लीमा रात विताउने एकजना युवकलाई उद्धार गरेको हो ।

प्रेम दिवसको अवसरमा सडकमा अलपत्र परेका व्यक्तिको विगत ४ वर्षदेखि आश्रमले अभियान चलाउदैँ मानिसहरुको उद्दार गर्दै आएको देवेश गुप्ताले जानकारी दिनुभयो । सोही अभियानमा हिडेको मानव सेवा आश्रम वीरगञ्जको टोलीले हिजो राती वीरगञ्ज भंसार नजिक मुख्य सडक छेउमा बेवारीसे अवस्थामा रहेका एक जना वृद्धलाई उद्धार गरेको हो ।

भारतको वेतिया घर बताउने ती वृद्ध विगत एकबर्ष देखि वीरगंञ्ज भंसार एरियामा भिखमागेर हिड्ने गरेको र सडक छेउमा रात विताउने गरेको स्थानीयको भनाई छ । सडकमा बेवारीसे अवस्थामा भेटीएका वृद्धले आफ्नी श्रीमतिको मृत्यु भएपछि घर छोडेर भागेको बताउनुभयो ।

वृद्धले जानकारी दिए अनुसार उनका ५ वटा छोरा छन् । उनलाई वडा प्रहरी कार्यालय विर्ताको प्रहरी भ्यानमा राखेर मानव सेवा आश्रममा लगिएको हो । उता आर्दशनगर स्थित दियालो लड्समा एकजना युवक सडक पेटीमा रात बिताउने गरेको भन्ने सूचना पाएकोले उहाँलाई समेत उद्धार गरिएको मानव सेवा आश्रमका दिवेश गुप्ताले बताउनुभयो ।

उहाँलाई वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरीक्षकको पहलमा उद्धार गरिएको देवेशको भनाई छ । वीरगञ्जको घण्टाघर नजिक सडक पेटीमा सुतेका दुई जनालाई भने रक्सौल जान ढिलो भएकोले सुतेको बताएपछि छाडिदिएको देवेश गुप्ताले जानकारी दिनुभयो । देवेशका अनुसार हाल मानवसेवा आश्रम वीरगञ्जमा अहिले ५२ जना सहयोगापेक्षी आश्रममा रहेका छन् ।


सम्बन्धित समाचार