Logo

३ फागुन,वीरगञ्ज । वीरगन्ज महानगरपालिकाले आदर्शनगर क्षेत्रका १० फिटे नालामाथि बनेका संरचनाहरु हटाउन आव्हान गरेको छ ।

वीरगन्जका सबै क्षेत्रको सडक, फुटपाथ तथा नाला अतिक्रमण गरी बनाइएको सिढी, र्याम्प, छेकवार एवम् आदर्शनगर क्षेत्रमा नाला माथि बनाईएका सबै संरचना हटाउन महानगरले ७ दिने अल्टिमेटम दिएको हो । तोकिएको समयभित्र नहटाए महानगर आफैँले हटाउन बाध्य हुने सूचना मार्फत जानकारी दिईएको छ ।

साथै संरचना हटाउदाँ लाग्ने खर्च समेत सम्बन्धित व्यक्तिबाट असुल गरिने सूचनामा उल्लेख छ । गत सोमबार बसेको महानगरको भौतिक पूर्वाधार अतिक्रमण खाली गराउने समितिको बैठकले यस्तो निर्णय गरेको थियो । महानगरपालिकाले अतिक्रमित भूमी फिर्ता ल्याउनुका साथै अतिक्रमण गरेर बनाइएका संरचना हटाउने अभियान नै चलाइरहेको छ ।

त्यसै अनुसार महानगरभित्रका नाला तथा सडक, फुटपाथ अतिक्रमण गरि बनाईएका संरचना हटाउन लागिएको समितिका संयोजक प्रदिपकुमार चौरसियाले जानकारी दिनुभयो ।


सम्बन्धित समाचार