Logo

३ फागुन, वीरगञ्ज । मिस नेपाल २०२३ को प्रतियोगीताको अडिसन वीरगंजमा यहि बिहिबार र शुक्रबार हुने भएको छ ।

वीरगंज स्थित होटेल भिस्वामा द हिडन ट्रियजर मिस नेपाल २०२३ को बिहिबार वोरिन्टेसन र शुक्रबार अडिसन हुने भएको हो । मिस नेपाल प्रतियोगीताको अडिसन ७ वटै प्रदेशमा हुने बताईएको छ ।

द हिडन ट्रियजरले मिस नेपाल ०२३ को आवेदन यहि चैत्र १ (मार्च १५) सम्म खुला रहने जनाएको छ । आवेदनका लागि १८ देखि २७ वर्षका अविवाहित महिला हुनुपर्ने, महिलाको न्यूनतम ५ फिट ३ इन्च उचाइ, नेपाली नागरिकता सहित नेपाली पासपोर्ट भएका युवतीले आवेदन दिन सक्ने द हिडेन ट्रियजरका अध्यक्ष दिवाकर राजकर्णिकरले बताए ।

आवेदन फारम निशुल्क रहेको उनको भनाई छ । प्रतियाोगिताबाट तीन मुख्य विजेताहरू मिस नेपाल वर्ल्ड, मिस नेपाल अर्थ र मिस नेपाल इन्टरनेशनल रहने उनले बताए ।

काठमाडौं, इटहरी, वीरगन्ज, पोखरा, नेपालगन्ज, सुर्खेत र धनगढी लगायत क्षेत्रिय अडिसनहरु मार्च १५ भित्र सम्पन्न गरिने उनले जानकारी दिए । प्रतियोगीलाई उत्कृष्ट प्रशिक्षकहरूले दुई महिना तालिम सञ्चालन गरिने अध्यक्ष राजकर्णिकरले बताए ।


सम्बन्धित समाचार