Logo

५ फागुन, वीरगञ्ज । नेपाल पिछडावर्ग ओबिसी महासंघ पर्सा जिल्ला कार्य समितिले आज वीरगन्जको घण्टाघर चोकमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।

रक्तसन्चार केन्द्र वीरगन्जमा रगतको अभावलाई मध्यनजर गर्दै रक्तदान जीवनदान भन्ने मूल नारा सहित कार्यक्रमको आयोजना गरेको ओविसी महासंघले जनाएको छ ।

कार्यक्रममा २ जना महिला सहित ५३ जनाले रक्तदान गरेका छन् । रक्तदान गर्नेहरुमा सावित्री कुमारी, सलोनी चौधरी, उमेश कुमार साह तेली, राम अयोध्या महतो लगायतका रहेका छन् ।

पर्सा क्षेत्र नं. २ (क) का प्रदेश सभा सदस्य श्याम पटेलले रक्तदान गरेर कार्यक्रमको उद्धघाटन गर्नुभएको महासंघका पर्सा जिल्ला अध्यक्ष देवनाथ महतोले बताउनुभयो ।

कार्यक्रममा रक्तसञ्चार केन्द्र वीरगञ्जका प्राविधिकले सहयोग उपलब्ध गराएका थिए


सम्बन्धित समाचार