Logo

६फागुन,माडी । नेपाल सरकारका शहरी विकास मन्त्री विक्रम पाण्डेले समग्र विकासको गुरुयोजना तयार नगरी विकासका कार्यहरु गर्दा दिगो विकास हुन नसकेको जानकारी दिदैं माडी विकासको लागि गुरुयोजना आवश्यक रहेको धारणा राख्नुभयो।

माडी नगरपालिकाद्वारा शनिबार आयोजित स्वागत, सम्मान तथा अन्तर्क्रिरया कार्यक्रममा बोल्दै शहरी विकास मन्त्री पाण्डेले माडीको विकासको लागि धुर्व घाटमा पुल बनाउने, रिउ करिडोर निर्माण गर्ने आफ्नो योजना रहेको जानकारी दिँदै विकासको लागि आरोप प्रत्यारोप भन्दापनि साझा धारणा बनाएर अगाडि बढ्नुपर्ने आवश्यकता रहेको बताउनुभयो।

स्वागत तथा सम्मान कार्यक्रममा माडी नगरपालिकी नगर प्रमुख तारा काजी महतोले संघ, प्रदेश र स्थानीय तहको सामुहिक भेटघाटले माडी विकासमा सकारात्मक प्रभाव पार्ने जनाउँदै समग्र माडी विकासको लागि योजनावद्ध रुपमा अगाडि बढ्नुपर्ने आवश्यकता औंल्याउँनुभयो।

स्वागत तथा सम्मान कार्यक्रममा वाग्मती प्रदेशका माननीय सदस्य ठाकुरप्रसाद ढकालले माडीका सुकुम्बासीहरुले तत्काल लालपुर्जा पाउनुपर्ने धारणा राख्दै निकुञ्ज ऐन २०२९ लाई पुनर्लेखन वा खारेज के गर्नेहो मन्त्रीको ध्यान तत्काल जानुपर्ने जानकारी दिनुभयो । यसैगरी वाग्मती प्रदेशका माननीय सदस्य ज्ञानजङ् लामाले केन्द्र, प्रदेश र स्थानीय तहको समन्वयमा माडीमा विकासका कार्यहरु अगाडि बढाउनुपर्ने धारणा राख्नुभयो ।

कार्यक्रममा वाग्मती प्रदेशका निवर्तमान सदस्य रिना गुरुङ , नेपाली कांग्रेसका क्षेत्र ३ ’ख’ का सभापति शोभाकर चापागाईं, नेकपा एमालेका माडी नगर ईञ्चार्ज शिवहरि सुवेदी ,नेकपा माओवादी केन्द्रका वैकल्पिक केन्द्रीय सदस्य ऋषि काफ्ले,राष्ट्रिय प्रजातन्त्र पार्टीका रामकृष्ण क्षेत्री, एकीकृत समाजवादी पार्टीका जिल्ला सदस्य रामचन्द्र लम्साललगायतका नेताहरुले मन्त्री पाण्डेलाई स्वागत सम्मान गर्दै माडीका समस्या र विकासका सम्भावनाहरुका बारेमा मन्त्रीलाई जानकारी गराउनुभएको थियो ।

कार्यक्रममा माडी नगरपालिकाका उप प्रमुख खेमप्रसाद महतोले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको सञ्चालन नगरपालिकाका योजना शाखा प्रमुख शिव सुवेदीले गर्नुभएको थियो

 


सम्बन्धित समाचार