Logo

७ फागुन,वीरगञ्ज । पर्साको पर्सागढी नगरपालिकामा प्रथम पर्सागढी मेयर कप २०७९ नकआउट फुटबल प्रतियोगिता हुने भएको छ ।

राष्ट्रको लागि खेलकुद स्वास्थ्यको लागि खेलकुद भन्ने मूल नारा सहित यहि फागुन १३ गतेदेखि २० गतेसम्म प्रतियोगिता हुने भएको हो । मिर्मिरे युवा क्लवको आयोजनामा हुन लागेको प्रतियोगितामा बारा, पर्सा, सर्लाही, सिराहा र हेटौँडा गरि जम्मा ८ वटा टिमको सहभागिता रहने छ ।

पर्सागढी–४ सबैया टाँडी खेल मैदानमा प्रतियोगिता संचालन हुने आयोजकले जनाएको छ ।

 


सम्बन्धित समाचार