Logo

८फागुन, काठमाण्डौ । गत साता गएको भीषण वर्षापछिको आँधीका कारण न्युजिल्याण्डमा १५ जना बढीको मृत्यु भएको छ । आँधी प्रभावित उत्तरी क्षेत्रमा हजारौं मानिस वेपत्ता भएको खुलासा भएको हो ।

आँधी मत्थर भएपछि सुरु गरिएको उद्धाका क्रममा उत्तरी आइल्याण्ड क्षेत्रमा मात्रै ६ हजार ४ सय जना मानिसहरू वेपत्ता भएको पत्ता लागेको हो । वेपत्ता भएका मानिसहरु कति त जीवित्तै फेला पर्छन् भन्न सकिने अवस्था नरहेकाले आँधीबाट हुने मानवीय क्षति उच्च हुन सक्ने आँकलन उद्धारकर्मीहरुले गरेका छन् ।

उत्तरी क्षेत्रमा सयौं घरहरु क्षतिग्रस्त भएका छन् । सडक, बजार र सार्वजनिक संस्थाहरुको अवस्था पनि बिजोग भएको छ । त्यस क्षेत्रका २८ हजार घरमा अहिले पनि बिजुली र पानी आपूर्ति सुचारु हुन सकेको छैन । दैनिक उपभोग्य सामग्रीको आपूर्ति प्रणाली पनि ध्वस्त भएको छ ।

न्युजिल्याण्डका प्रधानमन्त्री क्रिस हिपकिन्सले गत हप्ताको आँधीलाई न्युजिल्याण्डले ब्यहोर्नुपरेको शताब्दीकै भयंकर प्राकृतिक प्रकोप भएको बताउनुभएको छ ।

आँधी प्रभावितहरुको खोजी, उद्धार र पुनस्थापनामा सहयोग नलिने भन्दै उहाँले अमेरिकाले सहयोगका लागि गरेको प्रस्ताव अस्वीकार गर्नुभएको छ ।यद्यपी अष्ट्रेलियाले भने उद्धारकर्मीहरुको टोली न्युजिल्याण्ड पठाइसकेको छ । एजेन्सी


सम्बन्धित समाचार