Logo

८फागुन, वीरगञ्ज । सरकारले ६ वटा प्रदेशका १५ जिल्लामा हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउने अभियान सुरु गर्दैछ । आउँदो ११ गतेदेखि २५ गतेसम्म औषधि खुवाउने अभियान सुरु हुने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

महाशाखाकाअनुसार झापा, मोरङ, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, रसुवा, लमजुङ, पर्वत, बाग्लुङ, कपिलवस्तु, दाङ, बाँके र कैलाली जिल्लामा यो अभियान सुरु हुनेछ । यसअघिका अभियानमा धेरैले औषधि नखाइदिने समस्या देखिएकाले यसपालि स्वास्थ्यकर्मी अगाडि औषधि खान भनिएको महाशाखाका निर्देशक डाक्टर चुमनलाल दासले बताउनुभयो ।

धेरैले औषधि नै नखाइदिएकाले रोग निवारणमा समस्या भइरहेको उहाँको भनाइ छ ।हात्तीपाइले र शारीरिकरुपमा अशक्त तथा अपाङ्ग बनाउनेसरुवा रोग हो । यो रोग एक प्रकारको मसिनो धागो आकारको जुकाजस्तै परजीवीले गराउँदछ र यो रोग सङ्क्रमित लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने गर्दछ ।

रोगको लक्षण देखिसकेपछि निको पार्न नसकिने र धेरैजसो सङ्क्रमण लक्षण विनाको हुने भएकाले समुदायका अन्य व्यक्तिहरुलाई समेत रोग सर्ने सम्भावना धेरै हुने डाक्टरहरुको भनाइ छ ।दुई वर्ष उमेर नपुगेका बालबालिकाहरु, गर्भवती र सात दिनसम्मका सुत्केरी, छारे रोगका समस्या भएका व्यक्तिहरु तथा सिकिस्त बिरामीहरुले यो औषधि खानु नहुने महाशाखाले जनाएको छ।


सम्बन्धित समाचार