Logo

८फागुन, वीरगञ्ज । मधेस प्रदेशका उद्योग, वन तथा पर्यटन राज्यमन्त्री रहबर अन्सारीले परवानीपुरमा रहेको धुवाँ रहित चुल्हो उत्पादन गर्ने उद्योगको अवलोकन भ्रमण गर्नुभएको छ ।

हस्क पावर नेपाल नामको उद्योगका सञ्चालक मनोज गुप्ताको निम्तोमा उद्योगको अवलोकन भ्रमण गर्नुभएको हो । अवलोकन भ्रमणपछि नेपाल र छिमेकी मुलुकका गरिब तथा सीमान्तकृत घरपरिवारलाई घरभित्रको प्रदूषणबाट मुक्त बनाउने उदेश्यले संचालनमा रहेको उद्योगले वातावरणीय प्रदूषण न्यूनीकरणमा अति नै सरहानिय भूमिका निर्वाह गर्दै आएको प्रत्यक्ष देख्न पाएको मन्त्री अन्सारीले बताउनुभयो ।

विभिन्न कठिनाईका वावजूद पनी आफ्नो दृढ उदेश्य र आत्मविश्वासले सबैलाई प्रेरणा दिदै प्रदुषण रहित चुलोको प्रवद्र्धन तथा वितरण गर्न सफल हुनुभएका दूरदर्शी तथा चलायमान उद्यमी मनोज गुप्ताले प्रेरणा र हौसला दिनुभएको राज्यमन्त्री अन्सारीले बताउनुभएको छ ।


सम्बन्धित समाचार