Logo

८फागुन, वीरगञ्ज । पर्सागढी नगरपालिकाको वार्ड नं ५ मा ३ महीने सिलाई कटाई तालिम सञ्चालन गरिएको छ ।

पर्सागढी नगरपालिकाको आयोजनामा भएको सिलाई कटाई तालिममा विभिन्न समुदायका महिलाहरुलाई सिलाई कटाई तालिम दिईने र आयआर्जनका सहयोग पुग्ने उद्देश्य रहेको आयोजकको भनाई छ ।

तालिम सिकेका १६ जनालाई प्रोत्साहन स्वरुप १६ थान सिलाई कटाई मेसिन समेत निःशुल्क उपलब्ध गराइने बताईएको छ । धनञ्जय चौधरीको अध्यक्षतामा भएको तालिमको प्रमुख अतिथि पर्सागढी नगरपालिकाका नगरप्रमुख गोकर्ण पाठकले उदघाटन गर्नुभएको थियो । कार्यक्रममा उहाँले सीप सिकेर आत्मनिर्भर बन्न तालिममा सहभागीहरुलाई शुभकामना व्यक्त गर्नुभयो ।


सम्बन्धित समाचार