Logo

८फागुन,वीरगञ्ज । बाराको जीतपुर सिमरा उपमहानगरपालिकाले वडास्तरका आयोजना तथा कार्यक्रमहरु वडामै उपभोक्ता समिति गठन गरी कार्यान्वयन गर्ने भनिएपनि कार्यान्वयनमा आउन सकेको छैन ।

उपमहानगरपालिकाले गएको कार्तिक २९ गते उपभोक्ता समिति गठन र योजना कार्यान्वयनका लागि वडाहरुसँग उपभोक्ता समिति गठन, परिचालन र व्यवस्थापन सम्बन्धी कार्यविधि २०७५ को दफा ४ बमोजिम उपभोक्ता समिति गठन र सोही कार्यविधिको दफा ८ बमोजिमका कागजात सहित पुष मसान्तसम्म कार्यान्वन गर्न परिपत्र गरेपनि वडाहरुले अझै त्यसलाई कार्यान्वयन ल्याउन नसकेका हुन् ।

उपमहानगरपालिकाले आयोजना तथा कार्यक्रमहरु सम्पन्न भएपछिको भुक्तानीका लागि पनि वडा सचिवहरुलाई अख्तियारी प्रदान गरेको छ । वडा स्तरबाट विकास निर्माणका कामहरुलाई प्रभावकारी बनाउन तथा वडाका प्रतिनिधिहरुलाई जिम्मेवार बनाउने उद्देश्यले त्यस्तो नीति लिईएको जीतपुरसिमरा उपमहानगरपालिकाले जनाएको छ ।

उपमहानगरपालिकाले सम्झौता गरी भुक्तानीको अख्तियारी दिँदा समेत कार्यान्वयनमा आउन नसक्दा वडाका जनप्रतिनिधिको कार्यक्षमातामा समेत प्रश्न उठाउने ठाउँ देखिएको स्थानीयले बताएका छन् ।

 


सम्बन्धित समाचार