Logo

९फागुन, वीरगञ्ज । मधेश प्रदेशका गृह तथा सञ्चारमन्त्री शत्रुधनप्रसाद सिंहले हेलो मधेश सरकार कार्यक्रम ल्याउन लागेको बताउनुभएको छ । गृह जिल्ला सिरहा पुग्नुभएका मन्त्री सिंहले लहानमा पत्रकारहरूसँगको भेटघाटमा यस्तो कुरा बताउनुभएको हो ।

मधेशको समृद्धि नभए देशको समृद्धि सम्भव नरहेको मन्त्री सिंहले भन्दै गफ गरेर समय बिताउनेभन्दा काम गरेर देखाउने अवसरका रूपमा लिएको बताउनुभयो । उहाँले मधेशमा फैलिएको भ्रष्टाचार, महिला हिंसा र लागूऔषधको ओसारपसार तथा सेवनले देखिएको समस्या समाधान गर्न हेलो मधेश सरकार कार्यक्रम प्रभावकारी हुने बताउनुभयो ।

विगतमा प्रदेश सरकारले के कति काम ग–यो त्यसको विषयमा जनताले मूल्याङ्कन गरेर नयाँ जनादेश दिएको भन्दै मन्त्री सिंहले मधेशमा फैलिरहेको दाइजो प्रथा हटाउन र भ्रष्टाचार नियन्त्रण तथा शान्ति सुरक्षाका लागि हेलो मधेश सरकारको माध्यमबाट नागरिकको कुरा प्रत्यक्ष रूपमा सुनेर कार्यान्वयन गरिने बताउनुभयो ।

मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले हरेक मन्त्रालयलाई दिएको जिम्मेवारी अनुसार प्रगति विवरण माग गरेर राम्रो पद्धति थाल्न नै हेलो मधेश सरकार कार्यक्रम जनतासँग जोडिन लागेको उहाँले प्रस्ट्याउनुभयो  ।


सम्बन्धित समाचार